Techie IT
Samayabaddha
आईतबार, २१ मंसीर, २०८२

कोष व्यवस्थापन कम्पनी लिमिटेडको नवौं बार्षिक साधारण सभा सम्पन्न


काठमाडौं । कोष व्यवस्थापन कम्पनी लिमिटेडले मिति २०८२/०८/२० गते शनिवारका दिन आफ्नो नवौं बार्षिक साधारण सभा सम्पन्न गरेको छ । सभाले १०.५२६३% लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्यो भने कम्पनीको व्यवसाय विस्तारका लागि शेयर पूँजी वृद्धि सम्बन्धी प्रस्ताव पनि अनुमोदित गर्यो । कार्यक्रममा कोष व्यवस्थापन कम्पनी लिमिटेडका अध्यक्ष श्री सुशिल हुमागाईले आफ्नो भनाइ राख्दै कम्पनीको बर्तमान उपलब्धी तथा भविष्यका योजनाहरु प्रस्तुत गरे ।

उनले निरन्तरको साथ र सहयोगको लागि सम्पूर्ण शेयरधनीहरुलाई धन्यवाद समेत ज्ञापन गर्नुभयो । यसै गरी सोही सभाले कम्पनीको सञ्चालक समिति पुनर्गठन गरी श्री दिल बस्नेतलाई नयाँ सञ्चालकको रूपमा निर्विरोध चयन गर्यो ।

उक्त बार्षिक साधारण सभामा कृषि विकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्री गोबिन्द गुरुङ प्रमुख अतिथिको रूपमा उपस्थित रहनु भएको थियो भने उहाँले कोष ब्यवस्थापन कम्पनी लिमिटेडको प्रगति र पारदर्शिताको प्रशंसा गर्दै भविष्यमा पूँजी बृद्धिका योजना सकारात्मक रहेको धारण ब्यक्त गरे । साधारण सभामा कम्पनीको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन तथा आगामी वर्षका योजनाहरू प्रस्तुत गरी पारित गरियो । यसै गरी कम्पनीले दिगो र जिम्मेवार लगानी व्यवस्थापन मार्फत शेयरधनीहरुलाई निरन्तर प्रतिफल दिने प्रतिबद्धता समेत व्यक्त गरेको छ ।


क्याटेगोरी : अर्थ

प्रतिक्रिया


ताजा अपडेट