सिटिजन्स बैंकको नाफा घट्यो, वितरणयोग्य नाफा पनि ऋणात्मक
काठमाडौं । सिटिजन्स लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।
चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकले ३५ करोड ८८ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४५.७८ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ६६ करोड १८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
बैंकको वितरणयोग्य मुनाफा १ अर्ब १० करोड ४ लाख रुपैयाँले ऋणात्मक रहेको छ। अघिल्लो वर्ष पनि यही अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा १५ करोड ८१ लाख रुपैयाँ थियो।
चालु वर्षको पुसम्म बैंकको सञ्चालन मुनाफा ५० करोड ४१ रुपैयाँमा भएको छ। अघिल्लो वर्ष सञ्चालन मुनाफा ९१ करोड १३ लाख रुपैयाँमा सीमित थियो। बैंकको सञ्चालन मुनाफा ४४.६८ प्रतिशतले कम हो।
दोस्रो त्रैमाससम्म बैंकले ३ अर्ब १४ करोड ४५ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले ३ अर्ब ७ करोड ४५ लाख रुपैयाँ ब्याज आम्दानी गरेको थियो। ब्याज आम्दानी २.२८ प्रतिशतले बढेको छ।
चुक्तापुँजी १५ अर्ब ५० करोड ७४ लाख रुपैयाँ रहेको बैंकको रेटिन्ड अर्निङ १ अर्ब १० करोड ४ लाख रुपैयाँ ऋणात्मक रहेको छ भने रिजर्भमा ८ अर्ब ८२ करोड १७ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष असार मसान्तसम्म रिटेन्ड अर्निङमा ७७ करोड ८१ लाख रुपैयाँ र रिजर्भमा ७ अर्ब ४० करोड ५ लाख रुपैयाँ थियो।
समीक्षा वर्षसम्म बैंकले २ खर्ब १० अर्ब २२ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ६८ अर्ब २१ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। अघिल्लो वर्ष असार मसान्तसम्म बैंकले २ अर्ब ११ अर्ब ५० करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ६८ अर्ब ८६ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो।
नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ४ रुपैयाँ ३३ पैसा घटेर ४ रुपैयाँ ६३ पैसामा झरेको छ। पुस मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात ४१.६८ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४९ रुपैयाँ ७९ पैसा रहेको छ। सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब १० करोड रुपैयाँ ऋणात्मक रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी १४ रुपैयाँ १९ पैसा ऋणात्मक रहेको छ।
क्याटेगोरी : अर्थ


















प्रतिक्रिया