Techie IT
Samayabaddha
बिहीबार, २१ फागुन, २०८२

एभरेष्ट बैंकले कमायो २ अर्ब १२ करोड नाफा, प्रतिसेयर आम्दानी कति ?


काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य बढेको छ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकले २ अर्ब ११ करोड ७१ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २.०४ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब ७ करोड ४७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा वर्षसम्म बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ३४ करोड २८ लाख रुपैयाँ रहेको छ। यस हिसाबले बैंकले दोस्रो त्रैमाससम्म ३१.९३ प्रतिशत लाभांश वितरण गर्ने क्षमता बनाएको छ।

चालु वर्षको पुसम्म बैंकको सञ्चालन मुनाफा ३ अर्ब १७ करोड १६ रुपैयाँमा भएको छ। अघिल्लो वर्ष सञ्चालन मुनाफा ३ अर्ब १० करोड ७६ लाख रुपैयाँमा सीमित थियो। बैंकको सञ्चालन मुनाफा २.०६ प्रतिशतले बढी हो।

दोस्रो त्रैमाससम्म बैंकले ४ अर्ब ५७ करोड २९ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले ४ अर्ब ३१ करोड ५८ लाख रुपैयाँ ब्याज आम्दानी गरेको थियो। ब्याज आम्दानी ५.९६ प्रतिशतले बढेको छ।

चुक्तापुँजी १३ अर्ब ७२ करोड १३ लाख रुपैयाँ रहेको बैंकको शेयर प्रिमियममा २३ करोड ८४ लाख रुपैयाँ, रेटिन्ड अर्निङ ३ अर्ब ३४ करोड २८ लाख रुपैयाँ र रिजर्भमा १४ अर्ब ९४ करोड ८३ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष असार मसान्तसम्म शेयर प्रिमियममा २३ करोड ८४ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ४ अर्ब ८९ करोड ३० लाख रुपैयाँ र रिजर्भमा १३ अर्ब ८६ करोड ३२ लाख रुपैयाँ थियो।

समीक्षा वर्षसम्म बैंकले ३ खर्ब ४ अर्ब ९५ करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ३६ अर्ब ४२ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। अघिल्लो वर्ष असार मसान्तसम्म बैंकले २ अर्ब ९८ अर्ब ८१ करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब १३ अर्ब ४३ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो।

नाफा बढेपनि बैंकको प्रतिशेयर आम्दानी भने घटेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी १ रुपैयाँ २० पैसा घटेर ३० रुपैयाँ ८६ पैसामा झरेको छ। पुस मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ २३५ रुपैयाँ १५ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २१.३९ गुणा रहेको छ। सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ३४ करोड २८ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी ४८ रुपैयाँ ७२ पैसा रहेको छ।


क्याटेगोरी : अर्थ

प्रतिक्रिया


ताजा अपडेट