Techie IT
Samayabaddha
बिहीबार, २१ फागुन, २०८२

सुनचाँदीको मुल्यमा दैनिक नयाँ रेकर्ड, एकैदिन २० हजार ५ सयले बढ्यो


काठमाडौं । सुनको मूल्यले ऐतिहासिक रेकर्ड कायम गरेको छ। सुन र चाँदीको मूल्य निरन्तर नयाँ रेकर्ड बनाउदै बढ्ने क्रममा रहेको हो । यस दिन सुन प्रतितोला २० हजार ५ सय रुपैयाँ र चाँदीको मुल्य तोलामा २ सय ५ रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको हो ।

आज छापावाला सुनको मुल्य प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार छापावाला सुनको मुल्य प्रतितोला ३ लाख १८ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज २० हजार ५ सय रुपैयाँले बढेर ३ लाख ३९ हजार ३ सय रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।

त्यस्तै, आज चाँदीको मुल्य पनि बढेको छ । आज चाँदी प्रतितोला २ सय ५ रुपैयाँले बढेर प्रतितोला ७ हजार ५ सय ५ सय रुपैयाँमा कायम भएको महासंघले जनाएको छ। बुधबार चाँदी प्रतितोला ७ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो। यस दिन चाँदीको मूल्यले पनि बुधबार बनाएको रेकर्ड ब्रेक गर्दै नयाँ उचाई बनाएको हो ।


क्याटेगोरी : अर्थ

प्रतिक्रिया


ताजा अपडेट