१७ अंकले घट्यो नेप्से, कारोबार रकम १४ अर्ब ५६ करोड
काठमाडौं । बुधबार नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ। बिहीबार नेप्से परिसूचक १७.५३ अंकले घटेर २ हजार ७ सय १४ दशमलव ०५ विन्दुमा पुगेको छ।
नेप्से घटे पनि कारोबार रकम भने बढेको छ। बिहीबार ३२० स्टकको १ लाख ३८ हजार ८८३ पटकको कारोबारमा १४ अर्ब ५६ करोड रुपैयाँबराबरको ३ करोड ५४ लाख ७७ हजार ९३९ कित्ता शेयर खरिदबिक्री भएको छ। गत बुधबार ११ अर्ब ४९ करोड रुपैयाँ बराबरको मात्रै शेयर कारोबार भएको छ।
१३ उपसमूहमध्ये यस दिन ३ उपसमूहको परिसूचक बढेको छ भने १० उपसमूहको परिसूचक घटेको छ। यस दिन जलविद्युत उपसमूहको परिसूचक ०.३८ प्रतिशत बढेको छ भने लगानी समूह ०.०८ प्रतिशत र म्युचुएल फन्ड समूहको परिसूचक ०.३६ प्रतिशतले बढेको छ । विकास बैंक समूह सबैभन्दा धेरै २.२३ प्रतिशतले घटेको छ भने उत्पादन तथा प्रशोधन समूह २.१२ प्रतिशत, अन्य समूह १.१२ प्रतिशत, वित्त समूह १.७५ प्रतिशत र होटल तथा पर्यटन समूह १.२९ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा यस दिन ङादी ग्रुप पावर लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ५९ करोड ९९ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ। त्यस्तै, यस दिन एसवाई प्यानल नेपाल लिमिटेडको कारोबार रकम ५२ करोड २९ लाख रुपैयाँ नाघेको छ भने युनाइटेड मोदी हाइड्रोपावरको ४६ करोड ६४ लाख रुपैयाँको शेयर कारोबार भएको छ।
आज सबैभन्दा धेरै हिमाल दोलखा हाइड्रोपावर ९.२३ प्रतिशतले बढेको छ। त्यस्तै, शिभश्री हाइड्रोपावरको शेयर मुल्य ९.१९ प्रतिशतले बढेको छ भने कालिका पावरको शेयर मुल्य ८.३२ प्रतिशतले बढेको छ ।
क्याटेगोरी : अर्थ


















प्रतिक्रिया