सुनको मूल्य एकैदिन २० हजार ५ सय रुपैयाँले घट्यो, कतिमा हुँदैछ आजको कारोबार ?
काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मुल्य एकैदिन २० हजार ५ सय रुपैयाँले घटेको छ । आज छापावाला सुनको मुल्य प्रतितोला ३ लाख १८ हजार ८ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
दैनिक नयाँ रेकर्ड कायम गर्दै आइरहेको सुनको मुल्यले आज भने घटेको हो । विहीबार छापावाला सुनको मुल्य प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज २० हजार ५ सय रुपैयाँले घटेर ३ लाख १८ हजार ८ सय रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।
त्यस्तै,आज चाँदीको मुल्य पनि घटेको छ । आज चाँदी प्रतितोला ४ सय ४० रुपैयाँले घटेर प्रतितोला ७ हजार ६५ रुपैयाँमा कायम भएको महासंघले जनाएको छ। हिजो चाँदी प्रतितोला ७ हजार ५ सय ५ रुपैयाँमा कारोबार भएको थियो।
क्याटेगोरी : अर्थ


















प्रतिक्रिया