निर्वाचनका लागि १९ अर्ब १५ करोड स्रोत सहमति, ६ अर्ब ३६ करोड निकासा
काठमाडौं । अर्थ मन्त्रालयले निर्वाचन प्रयोजनका लागि कुल १९ अर्ब १५ करोड रुपैयाँ बराबरको स्रोत सहमति प्रदान गरेको छ । मन्त्रालयका अनुसार यसमध्ये हालसम्म ६ अर्ब ३६ करोड रुपैयाँ निकासा भइसकेको छ ।
निर्वाचन आयोगका लागि मात्र १८ कात्तिकमा ४ अर्ब ९६ करोड रुपैयाँ स्रोत सहमति दिइएको थियो । त्यसपछि २० पुसमा थप १ अर्ब ७७ करोड ९० हजार रुपैयाँ स्रोत सहमति प्रदान गरिएको अर्थ मन्त्रालयको तथ्यांकमा उल्लेख छ । यसअनुसार निर्वाचन आयोगलाई कुल ६ अर्ब ७३ करोड ६६ लाख ९० हजार रुपैयाँ बराबरको स्रोत सहमति दिइएको छ ।
निर्वाचन आयोगलाई १२ मंसिरमा ४ करोड ३१ लाख रुपैयाँ निकासा दिइएको थियो भने हालसम्म आयोगलाई मात्र ६ अर्ब ३१ करोड रुपैयाँ निकासा भइसकेको छ ।
निर्वाचन सुरक्षाका लागि सुरक्षा निकायलाई पनि उल्लेख्य बजेट स्रोत सहमति दिइएको छ । राष्ट्रिय अनुसन्धान विभागका लागि १३ कात्तिकमा २ करोड ८० लाख रुपैयाँ स्रोत सहमति दिइएको थियो । नेपाली सेनालाई उपकरण खरिदका लागि २८ मंसिरमा ४ करोड ४२ लाख ५० हजार रुपैयाँ स्रोत सहमति प्रदान गरिएको थियो ।
त्यसैगरी, गृह मन्त्रालय तथा मातहतका निकायलाई १० अर्ब ३९ करोड रुपैयाँ बराबरको स्रोत सहमति दिइएको अर्थ मन्त्रालयले जनाएको छ । नेपाली सेनालाई २० पुसमा थप १ अर्ब ९४ करोड रुपैयाँ स्रोत सहमति दिइएको छ ।
क्याटेगोरी : अर्थ


















प्रतिक्रिया