सुनको मूल्य एकैदिन १८ हजार ८ सय रुपैयाँले घट्यो, कतिमा हुँदैछ आजको कारोबार ?
काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मुल्य एकैदिन १८ हजार ८ सय रुपैयाँले घटेको छ । आज छापावाला सुनको मुल्य प्रतितोला ३ लाख रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रबार छापावाला सुनको मुल्य प्रतितोला ३ लाख १८ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज १८ हजार ८ सय रुपैयाँले घटेर ३ लाख रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।
पछिल्लो दुई दिनदेखि सुन र चाँदीको मूल्यमा निरन्तर भारि गिरावट भएको हो । यस दिन चाँदीको मूल्य प्रतितोला १ हजार ५ सय ६५ रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला ५ हजार ५ सय रुपैयाँमा कायम भएको थियो। गत शुक्रबार चाँदी प्रतितोला ७ हजार ६५ रुपैयाँमा कारोबार भएको थियो ।
क्याटेगोरी :
अर्थ


















प्रतिक्रिया