सुनको मूल्य एकैदिन १३ हजार ४ सय रुपैयाँले घट्यो, कतिमा हुँदैछ आजको कारोबार ?
काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मुल्य एकैदिन १३ हजार ४ सय रुपैयाँले घटेको छ । आज छापावाला सुनको मुल्य प्रतितोला २ लाख ८६ हजार ६ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार छापावाला सुनको मुल्य प्रतितोला ३ लाख रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज १३ हजार ४ सय रुपैयाँले घटेर २ लाख ८६ हजार ६ सय रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।
त्यस्तै,आज चाँदीको मुल्य पनि घटेको छ । आज चाँदी प्रतितोला ३ सय रुपैयाँले घटेर प्रतितोला ५ हजार २ सय रुपैयाँमा कायम भएको महासंघले जनाएको छ। हिजो चाँदी प्रतितोला ५ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।
क्याटेगोरी : अर्थ



















प्रतिक्रिया