Techie IT
Samayabaddha
बुधबार, २० फागुन, २०८२

एकैदिन ३७ सय रुपैयाँले बढ्यो सुनको मुल्य, कतिमा हुँदैछ आजको कारोबार ?


काठमाडौं । आज सुनको मुल्य एकैदिन ३७ सय रुपैयाँले बढेको छ । आज छापावाला सुनको मुल्य प्रतितोला २ लाख ९० हजार ३ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार छापावाला सुनको मुल्य प्रतितोला २ लाख ८६ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज ३ हजार ७ सय रुपैयाँले बढेर २ लाख ९० हजार ३ सय रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।

त्यस्तै,आज चाँदीको मुल्य पनि बढेको छ । आज चाँदी प्रतितोला १ सय ३५ रुपैयाँले बढेर प्रतितोला ५ हजार ३ सय ३५ रुपैयाँमा कायम भएको महासंघले जनाएको छ। हिजो चाँदी प्रतितोला ५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।


क्याटेगोरी : अर्थ


प्रतिक्रिया


ताजा अपडेट