Techie IT
Samayabaddha
बुधबार, २१ माघ, २०८२

१२ अंकले घट्यो नेप्से, कारोबार रकम ८ अर्ब ६३ करोड


काठमाडौं । मंगलबार नेप्से परिसूचक घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात सोमबार सामान्य बढेर बन्द भएको नेप्से, यस दिन भने घटेर बन्द भएको हो।

यस दिन नेप्से परिसूचक १२.५८ अंक घटेर २ हजार ६ सय ८३ दशमलव १५ विन्दुमा झरेको छ।

नेप्से घटेपनि यस दिन कारोबार रकम भने सामान्य बढेको छ। सोमबार ८ अर्ब २२ करोड रुपैयाँको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३२२ स्टकको ९२ हजार ३३८ पटकको कारोबारमा ८ अर्ब ६३ करोड १५ लाख १२ हजार रुपैयाँबराबरको १ करोड ८७ लाख ३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

१३ उपसमूहमध्ये यस दिन ३ उपसमूहको परिसूचक बढेको छ भने १० उपसमूहको परिसूचक घटेको छ। यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक १.७९ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन म्युचुअल फण्ड उपसमूहको परिसूचक १ प्रतिशत बढेको छ भने उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सामान्य बढेको छ। यस दिन वित्त उपसमूहको परिसूचक सर्वाधिक १.०९ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन एसवाई प्यानल नेपाल शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ५९ करोड २९ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ। त्यस्तै, यस दिन आँखु खोला जलविद्युत कम्पनीको ४१ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ भने यूनियन हाइड्रोपावरको कारोबार रकम ३२ करोड रुपैयाँ नाघेको छ।

कालिञ्चोक दर्शन लिमिटेडको शेयर यस दिन सकारात्मक सर्किट लागेको छ। सो कम्पनीको शेयरमूल्य यस दिन ८१ रुपैयाँ बढेर ८९१ रुपैयाँमा अन्तिम कारोबार भएको छ। त्यस्तै, यस दिन एचएलआई लार्ज क्याप फण्डको इकाईमूल्य करिब १० प्रतिशत बढेको छ भने मेगाल म्युचुअल फण्ड १ को इकाईमूल्य साढे ५ प्रतिशतभन्दा बढी र पञ्चकन्या माई हाइड्रोपावरको शेयरमूल्य ५ प्रतिशतभन्दा बढी बढेको छ।


क्याटेगोरी : अर्थ

प्रतिक्रिया


ताजा अपडेट