Techie IT
Samayabaddha
बुधबार, २१ माघ, २०८२

१४ हजार ४ सय रुपैयाँले बढ्यो सुनको मुल्य, कतिमा हुँदैछ आजको कारोबार ?


काठमाडौं । आज सुनको मुल्य एकैदिन १४ हजार ४ सय रुपैयाँले बढेको छ । आज छापावाला सुनको मुल्य प्रतितोला ३ लाख ४ हजार ७ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार छापावाला सुनको मुल्य प्रतितोला २ लाख ९० हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज १४ हजार ४ सय रुपैयाँले बढेर ३ लाख ४ हजार ७ सय रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।

त्यस्तै,आज चाँदीको मुल्य पनि बढेको छ । आज चाँदी प्रतितोला २ सय ६५ रुपैयाँले बढेर तोलामा ५ हजार ६ सय रुपैयाँमा कायम भएको महासंघले जनाएको छ। हिजो चाँदी प्रतितोला ५ हजार ३ सय ३५ रुपैयाँमा कारोबार भएको थियो।


क्याटेगोरी : अर्थ


प्रतिक्रिया


ताजा अपडेट