९ हजार ५ सय रुपैयाँले बढ्यो सुनको मुल्य, कतिमा हुँदैछ आजको कारोबार ?
काठमाडौं । आज छापावाला सुनको मुल्य ९ हजार ५ सय रुपैयाँले बढेको छ । आज छापावाला सुनको मुल्य प्रतितोला ३ लाख ५ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रबार प्रतितोला २ लाख ९१ हजार रुपैयाँमा कारोबार भएको भएको सुनको मुल्य ९ हजार ५ सय रुपैयाँले बढेर प्रतितोला ३ लाख ५ सय रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।
त्यस्तै,आज चाँदीको मुल्य पनि बढेको छ । आज चाँदी प्रतितोला ३ सय रुपैयाँले बढेको हो । यससँगै चाँदी आज प्रतितोला ५ हजार १० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ। गत शुक्रबार चाँदी प्रतितोला ४ हजार ७ सय १० रुपैयाँमा कारोबार भएको थियो।
क्याटेगोरी :
अर्थ



















प्रतिक्रिया