Techie IT
Samayabaddha
बिहीबार, २९ माघ, २०८२

घट्यो सुनको मुल्य, कतिमा हुँदैछ आजको कारोबार ?


काठमाडौं । आज सुनको मुल्य घटेको छ । आज छापावाला सुनको मुल्य प्रतितोला ३ लाख ६ हजार ५ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार छापावाला सुनको मुल्य प्रतितोला ३ लाख ६ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज १ सय रुपैयाँले बढेर ३ लाख ६ हजार ५ सय रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।

त्यस्तै,आज चाँदीको मुल्य भने बढेको छ । आज चाँदी प्रतितोला ५० रुपैयाँले बढेको हो । यससँगै चाँदी आज प्रतितोला ५ हजार ३ सय ४० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ। हिजो चाँदी प्रतितोलामा ५ हजार २ सय ९० रुपैयाँमा कारोबार भएको थियो।


क्याटेगोरी : अर्थ


प्रतिक्रिया


ताजा अपडेट