Techie IT
Samayabaddha
शुक्रबार, १ फागुन, २०८२

एकैदिन ३ हजार रुपैयाँले घट्यो सुनको मुल्य, कतिमा हुँदैछ आजको कारोबार ?


काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मुल्य ३ हजार रुपैयाँले घटेको छ । आज छापावाला सुनको मुल्य प्रतितोला ३ लाख ३ हजार ५ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

विहीबार छापावाला सुनको मुल्य प्रतितोला ३ लाख ६ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज ३ हजार रुपैयाँले घटेर ३ लाख ३ हजार ५ सय रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।

त्यस्तै,आज चाँदीको मुल्य भने घटेको छ । आज चाँदी प्रतितोला ३ सय ४० रुपैयाँले घटेको हो । यससँगै चाँदी आज प्रतितोला ५ हजार रुपैयाँमा कायम भएको महासंघले जनाएको छ। हिजो चाँदी प्रतितोलामा ५ हजार ३ सय ४० रुपैयाँमा कारोबार भएको थियो।


क्याटेगोरी : अर्थ


प्रतिक्रिया


ताजा अपडेट