Techie IT
Samayabaddha
सोमबार, ४ फागुन, २०८२

घरजग्गा कारोबारबाट गत माघमा ५ अर्ब राजस्व संकलन, पुसको तुलनामा गिरावट


काठमाडौं । गत माघ महिनामा देशभरका मालपोत कार्यालयहरुले ५ अर्ब ९ लाख २४ हजार रुपैयाँ राजस्व सङ्कलन गरेका छन् । गत पुसमा ५ अर्ब १७ करोड ३२ लाख रुपैयाँ राजस्व सङ्कलन गरेकामा माघमा भने केही घटेको हो ।

देशभरको मालपोतको राजस्व सङ्कलनलगायतको विवरण राख्ने भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार घरजग्गाको कारोबार उल्लेख्य रुपमा बढ्न सकेको छैन । विभागका अनुसार गत माघ महिनामा कुल ५० हजार ८३७ लिखत पारित भएको छ । गत वर्षको तुलनामा यस वर्षको माघमा लिखत पारितको सङ्ख्यामा केही बढोत्तरी भएको छ ।

विभागका अनुसार गत माघमा सेवा करबापत ३१ करोड ५८ लाख ७२ हजार ४८८ रुपैयाँ, रजिस्टे«सन दस्तुर २ अर्ब ६८ करोड ६९ लाख ४२ हजार ५३२ रुपैयाँ सङ्कलन भएको थियो । त्यसैगरी पुँजीगत लाभकरबापत १ अर्ब ९६ करोड ५५ लाख १२ हजार २६७ रुपैयाँ सङ्कलन भएको विभागले जनाएको छ ।


क्याटेगोरी : अर्थ

प्रतिक्रिया


ताजा अपडेट