Techie IT
Samayabaddha
सोमबार, ४ फागुन, २०८२

सामाजिक सुरक्षामा खर्चमा १४.४८ प्रतिशत वृद्धि, ६ महिनामै ८९ अर्बभन्दा बढी खर्च


काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो छ महिनामा सामाजिक सुरक्षातर्फ सरकारी खर्च उल्लेख्य रूपमा बढेको छ। अर्थ मन्त्रालय का अनुसार पुस मसान्तसम्म सामाजिक सुरक्षामा ८९ अर्ब ६३ करोड ५५ लाख रुपैयाँ खर्च भएको छ, जुन अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिको तुलनामा १४.४८ प्रतिशतले बढी हो।

गत वर्ष यही अवधिमा सामाजिक सुरक्षामा ७८ अर्ब २९ करोड ६७ लाख रुपैयाँ खर्च भएको थियो।

मन्त्रालयका अनुसार चालु आवको पहिलो छ महिनामा परिवार तथा शिशु कल्याण शीर्षकमा ३२ लाख रुपैयाँ खर्च भएको छ भने बेरोजगार सहायता कार्यक्रममा ६ लाख रुपैयाँ विनियोजन गरिएको छ। यस्तै, सामाजिक असमावेशी शीर्षकमा ३ करोड ७ लाख रुपैयाँ तथा सामाजिक सुरक्षा अनुसन्धान तथा विकासतर्फ ३० लाख रुपैयाँ खर्च गरिएको छ।

अन्यत्र वर्गीकरण नभएको सामाजिक सुरक्षा शीर्षकअन्तर्गत भने ८९ अर्ब ५९ करोड ७९ लाख रुपैयाँ खर्च भएको मन्त्रालयले जनाएको छ।

यस अवधिमा कुल बजेट खर्च ६ खर्ब ९० अर्ब २१ करोड रुपैयाँ पुगेको छ। सरकारले सामाजिक सुरक्षामा पहुँच विस्तार गर्दै लक्षित वर्गलाई राहत तथा सहयोग पुर्‍याउने उद्देश्यले खर्च वृद्धि गरिएको जनाएको छ।


क्याटेगोरी : अर्थ


प्रतिक्रिया


ताजा अपडेट