१५ सय रुपैयाँले घट्यो सुनको मुल्य, कतिमा हुँदैछ आजको कारोबार ?
काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मुल्य १ हजार ५ सय रुपैयाँले घटेको छ । आज छापावाला सुनको मुल्य प्रतितोला ३ लाख ४ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार छापावाला सुनको मुल्य प्रतितोला ३ लाख १ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य १ हजार ५ सय रुपैयाँले घटेर आज प्रतितोला ३ लाख ४ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
यसैगरी आज चाँदी पनि घटेको छ । यससँगै आज चाँदी प्रतितोला ४ हजार ८ सय ८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ। हिजो चाँदी प्रतितोला ४ हजार ८ सय ८५ रुपैयाँमा कारोबार भएको थियो।
क्याटेगोरी : अर्थ


















प्रतिक्रिया