Techie IT
Samayabaddha
आईतबार, १० फागुन, २०८२

५ हजार ६ सय रुपैयाँले बढ्यो सुनको मुल्य कतिमा हुँदैछ आजको कारोबार ?


काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मुल्य ५ हजार ६ सय रुपैयाँले बढेको छ । आज छापावाला सुनको मुल्य प्रतितोला ३ लाख १० हजार ३ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार छापावाला सुनको मुल्य प्रतितोला ३ लाख ४ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज ५ हजार ६ सय रुपैयाँले बढेर आज प्रतितोला ३ लाख १० हजार ३ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

आज चाँदीको मुल्य प्रतितोला ३ हजार ७५ रुपैयाँले बढेर ५ हजार ४ सय २५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ। गत शुक्रबार चाँदी प्रतितोला ५ हजार ५० रुपैयाँमा कारोबार भएको थियो।

 


क्याटेगोरी : अर्थ

प्रतिक्रिया


ताजा अपडेट