३२ सय रुपैयाँले बढ्यो सुनको मुल्य, कतिमा हुँदैछ आजको कारोबार ?
काठमाडौं । आज सुनचाँदी बजारमा आज ३२ सय रुपैयाँले बढेको छ । आज छापावाला सुनको मुल्य प्रतितोला ३ लाख १३ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार छापावाला सुनको मुल्य प्रतितोला ३ लाख १० हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज ३ हजार २ सय रुपैयाँले बढेर आज प्रतितोला ३ लाख १३ हजार ५ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
आज चाँदीको मुल्य पनि बढेको छ । आज चाँदी प्रतितोला १७० रुपैयाँले बढेको हो । आज चाँदी प्रतितोला ५ हजार ५ सय ९५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ। हिजो चाँदी प्रतितोलाको ५ हजार ४ सय २५ रुपैयाँमा कारोबार भएको थियो।
क्याटेगोरी :
अर्थ



















प्रतिक्रिया