नेप्सेले दियो वृद्धिलाई निरन्तरता, कारोबार रकम ४ अर्ब ४५ करोड
काठमाडौं । बुधबार नेप्से परिसूचक बढेर बन्द भएको छ। पछिल्ला २ कारोबार दिनदेखि बढिरहेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।
यस दिन नेप्से परिसूचक १०.३० अंक बढेर २ हजार ६ सय ४८ दशमलव ९० विन्दुमा पुगेको छ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि सामान्य बढेको छ। अघिल्लो कारोबार दिन अर्थात मंगलबार ४ अर्ब २३ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३३३ स्टकको ४८ हजार ६४० पटकको कारोबारमा ४ अर्ब ४५ करोड ११ लाख ४९ हजार रुपैयाँबराबरको १ करोड ४ लाख ५६ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
१३ उपसमूहमध्ये १० उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ। यस दिन जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक १.७९ प्रतिशत बढेको छ। यस दिन वित्त, म्युचुअल फण्ड र व्यापार उपसमूहको परिसूचक सामान्य घटेको हो।
कारोबार रकमका आधारमा यस दिन आँखु खोला जलविद्युत कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २८ करोड ६९ लाख १९ हजार रुपैयाँबराबरको शेयर किनबेच भएको छ। त्यस्तै, यस दिन ङादी ग्रुप पावरको करिब साढे २५ करोड रुपैयाँको शेयर कारोबार भएको छ भने एसवाई प्यानल नेपालको कारोबार रकम २३ करोड रुपैयाँ नाघेको छ।
यस दिन दुई स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन सालपा विकास बैंक र रिलायन्स स्पिनिङ्ग मिल्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, यस दिन विन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य साढे ९ प्रतिशतभन्दा बढी बढेको छ भने सुपरमाई हाइड्रोपावरको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ।
क्याटेगोरी : अर्थ


















प्रतिक्रिया