बढ्यो सुनको मुल्य, कतिमा हुँदैछ आजको कारोबार ?
काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मुल्य बढेको छ । आज छापावाला सुनको मुल्य प्रतितोला ३ लाख १५ हजार ४ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार छापावाला सुनको मुल्य प्रतितोला ३ लाख १४ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज ६ सय रुपैयाँले बढेर ३ लाख १५ हजार ४ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
आज चाँदीको मुल्य पनि बढेको छ । आज चाँदी प्रतितोला १० रुपैयाँले बढेको हो । आज चाँदी प्रतितोला ५ हजार ७ सय २५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ। हिजो चाँदी प्रतितोला ५ हजार ७ सय १५ रुपैयाँमा कारोबार भएको थियो।
क्याटेगोरी : अर्थ



















प्रतिक्रिया