Techie IT
Samayabaddha
सोमबार, १८ फागुन, २०८२

साताको पहिलो दिन १९ अंकले बढ्यो नेप्से, कारोबार रकम ५ अर्ब ६४ करोड


काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक बढेर बन्द भएको छ। गत साताको सोमबारदेखि बढिरहेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

आइतबार नेप्से परिसूचक १९.२७ अंक बढेर २ हजार ६ सय ७४ दशमलव २० विन्दुमा पुगेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार ४ अर्ब १७ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३४१ स्टकको ५५ हजार २०६ पटकको कारोबारमा ५ अर्ब ६४ करोड ८३ लाख १९ हजार रुपैयाँबराबरको १ करोड ३१ लाख ९३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन १३ वटै उपसमूहको परिसूचक बढेको छ। यस दिन वित्त उपसमूहको परिसूचक सर्वाधिक २।२२ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन व्यापार उपसमूह र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।

कारोबार रकमका आधारमा यस दिन राधी विद्युत कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३६ करोड ५ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन अपि पावर कम्पनीको ३३ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने मञ्जुश्री फाइनान्सको कारोबार रकम २८ करोड रुपैयाँ नाघेको छ।

यस दिन दुई स्टकको शेयर सकारात्मक सर्किट लागेको छ। यस दिन सालपा विकास बैंक र रिलायन्स स्पिनिङ्ग मिल्सको शेयर सकारात्मक सर्किट लागेको हो । त्यस्तै, यस दिन बाराही हाइड्रोपावर पब्लिकको शेयरमूल्य साढे ६ प्रतिशतभन्दा बढी बढेको छ भने एनआईबिएल ग्रोथ फण्डको इकाईमूल्य ६ प्रतिशत बढेको छ।


क्याटेगोरी : अर्थ


प्रतिक्रिया


ताजा अपडेट