राष्ट्र बैंकमा दुई डेपुटी गभर्नर पद रिक्त, अब को बन्ला ?
काठमाडौं । नेपाल राष्ट्र बैंकमा दुई जना डेपुटी गभर्नरको पद रिक्त भएको छ । आइतबारदेखि डेपुटी गभर्नर नीलम ढुंगाना तिम्सिना र बमबहादुर मिश्रले अवकाश पाएसँगै उक्त पद रिक्त भएको हो ।
डेपुटी गभर्नरमा उनीहरूले २०७७ सल फागुन २५ गते नियुक्ति लिएका थिए। तिम्सिना र मिश्रले ५ वर्षे कार्यकाल पूरा गरी राष्ट्र बैंकबाट बाहिरिएका छन्। डेपुटी गभर्नर पद रिक्त भएसँगै राष्ट्र बैंकभित्र सम्भावित उम्मेदवारबारे चर्चा सुरु भएको छ ।
नेपाल राष्ट्र बैंक ऐनअनुसार डेपुटी गभर्नर नियुक्ति कार्यकारी निर्देशकमध्येबाटै गर्नुपर्ने व्यवस्था रहेकाले जसअनुसार गभर्नरको सिफारिशमा सरकारले नियुक्ति गर्नुपर्छ ।
राष्ट्र बैंकका कार्यकारी निर्देशकहरुमध्ये गभर्नर विश्व पौडेलले कार्यक्षमताका आधारमा रिक्त पदको दोब्बर सङ्ख्यामा नाम सिफारिस गर्नुपर्ने व्यवस्था छ। हाल राष्ट्र बैंकमा १८ जना कार्यकारी निर्देशक कार्यरत छन् ।
कार्यकारी निर्देशक नरेश शाक्य, रेवतीप्रसाद नेपाल, रामु पौडेल, विश्रुत थापा, दयाराम शर्मा, गुरुप्रसाद पौडेल, किरण पण्डित, डा। सत्येन्द्र तिमिल्सिना, चेतप्रसाद उप्रेती, रोशन कुमार सिग्देल, रामशरण खरेल, डिल्लीराम पोखरेल, दीर्घ बहादुर रावल, निश्चल अधिकारी, अनुज दाहाल, दिपकराज लामिछाने, राजनविक्रम थापा र राजेन्द्र भट्टराई डेपुटी गभर्नरका लागि योग्य देखिन्छन् ।
क्याटेगोरी : अर्थ



















प्रतिक्रिया