Techie IT
Samayabaddha
मंगलबार, २६ फागुन, २०८२

नेप्सेमा ३२ अंकको गिरावट, कारोबार रकम साढे २१ अर्ब


काठमाडौं । आज चुनावपछिको दोस्रो कारोबार दिन शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ । नेप्से परिसूचक ३२.०८ अंक घटेर २८४३.३५ विन्दुमा झरेको छ । यो पछिल्लो ८ महिना यताकै उच्च कारोबार रकम हो । यस भन्दा पहिले २०८२ साउन ५ गते भएको कारोबार दिन २१ अर्ब ४६ करोड रुपैयाँको कारोबार भएको थियो । मगंलबार नेप्से परिसूचक ३२.०८ अंकले घटेर बन्द भएको छ । प्रतिनिधि सभा निर्वाचनपछिको दोस्रो कारोबार दिन नेप्से सूचक घटेर बन्द भएको हो ।

१३ उप समूह मध्ये यस दिन ३ उपसमूहको परिसूचक बढेको छ भने १० उपसमूहको परिसूचक घटेको छ। यस दिन म्युचुअल फण्ड उपसमूहको परिसूचक सर्वाधिक १.३४ प्रतिशत बढेको छ । त्यस्तै, जीवन बीमा र निर्जीवन बीमा उप समूहको सूचक सामान्य बढेको हो । त्यसैगरी, मंगलबारको बजारमा ब्यापार उपसमूहको सूचक सर्वाधिक अथार्त २.१२ प्रतिशत घटेको छ । फाइनान्स २.०६ प्रतिशत, बैंकिङ, विकास बैंक, होटल, लगानी तथा अन्य उप समूहको सूचक १ प्रतिशत भन्दा बढी घटेको हो ।

कारोबार रकमका आधारमा मंगलबार न्यादी ग्रुप पावर कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको एक अर्ब ९ करोड ७३ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, आँखु खोला हाइड्रोपावरको ६९ करोड ६४ लाख रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ ।

मंगलबार रिलायन्स स्पिनिङ्ग मिल्स र सालपा विकास बैंकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यस्तै, यस दिन थ्रि स्टार हाइड्रोपावरको शेयर मूल्य ९.०८ प्रतिशत बढेको छ भने कालिका पावर हाइड्रोपावर कम्पनीको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ । यस दिन सर्वाधिक घट्ने कम्पनीमा हिम स्टार कम्पनी परेको छ । यस कम्पनीको शेयर ६.३६ प्रतिशतले घटेर बन्द भएको हो ।


क्याटेगोरी : अर्थ


प्रतिक्रिया


ताजा अपडेट