Techie IT
Samayabaddha
बुधबार, ४ चैत्र, २०८२

२२ सय रुपैयाँले घट्यो सुनको मुल्य, कतिमा हुँदैछ आजको कारोबार ?


काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मुल्य २२ सय रुपैयाँले घटेको छ । आज छापावाला सुनको मुल्य प्रतितोला ३ लाख ७ हजार ७ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवासायी महासंघले जनाएको छ ।

मंगलबार छापावाला सुनको मुल्य प्रतितोला ३ लाख ९ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज २ हजार २ सय रुपैयाँले घटेर ३ लाख ७ हजार ७ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला १८५ रुपैयाँले घटेको हो । यससँगै आज चाँदी प्रतितोला ५ हजार १ सय ५० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ। हिजो चाँदी प्रतितोला ५ हजार ३ सय ३५रुपैयाँमा कारोबार भएको थियो ।


क्याटेगोरी : अर्थ

प्रतिक्रिया


ताजा अपडेट