Techie IT
Samayabaddha
बिहीबार, ७ फागुन, २०८२

बक्सअफिसमा ‘आ बाट आमा’ को उकालो यात्रा, १० करोड कमाइ


काठमाडौं । नेपाली अभिनेता पल शाह स्टारर फिल्म आबाट आमा ले घरेलु बक्सअफिसमा १० करोड रुपैयाँ ग्रस कमाइ पार गर्ने अवस्थामा पुगेको छ। सिनेपाः बक्सअफिसको बुधबार बेलुका ८ः३० बजेसम्मको तथ्यांकअनुसार फिल्मले ९ करोड ९९ लाख ६८ हजार ५५१ रुपैयाँ ग्रस कमाइ गरेको छ। रात्रीकालिन शोको कमाइ जोड्दा १० करोडको आँकडा पार गर्ने निश्चित देखिएको छ।

यो कमाइसँगै ‘आबाट आमा’ पल शाहको करिअरमा दोस्रो धेरै कमाउने फिल्म बनेको छ। यसअघि उनको फिल्म शत्रु गते ले १२ करोड ६५ लाख ८२ हजार रुपैयाँ ग्रस कलेक्सन गरेको थियो।
अब प्रश्न उठेको छ—के ‘आबाट आमा’ पल शाहको करिअरकै सर्वाधिक कमाउने फिल्म बन्न सक्ला? यसको उत्तरका लागि केही समय पर्खिनुपर्ने देखिन्छ।
हाल प्रदर्शनरत केही फिल्महरूले शो स्थगित गरेकाले निर्देशक चन्द्र पन्त को यस फिल्मलाई अतिरिक्त फाइदा पुगेको विश्लेषण गरिएको छ। सकारात्मक वर्ड अफ माउथका कारण आगामी सप्ताहन्तमा पनि फिल्मले मजबुत कमाइ गर्ने अनुमान छ।

यदि यही गति कायम रह्यो भने, चुनावका कारण ठूला फिल्म रिलिज नहुने भएकाले फागुन अन्त्यसम्म पनि फिल्मको दौड जारी रहन सक्छ। फिल्मको आधिकारिक कलेक्सन विवरण भने सोमबार सार्वजनिक हुने बताइएको छ।


क्याटेगोरी : मनोरञ्जन

प्रतिक्रिया


ताजा अपडेट