Techie IT
Samayabaddha
आईतबार, ३१ साउन, २०८३

‘आबाट आमा’को कमाइ १३ करोड नाघ्यो


काठमाडौं । नेपाली फिल्म ‘आबाट आमा’ ले घरेलु बक्सअफिसमा उत्कृष्ट व्यापार गर्दै १३ करोड रुपैयाँभन्दा बढी ग्रस कमाइ गरेको छ। सोमबार बेलुकासम्म फिल्मको कुल कमाइ करिब १३ करोड २ लाख रुपैयाँ पुगेको जनाइएको छ।

सिनेपाः बक्सअफिसका अनुसार शनिबारसम्म फिल्मले १२ करोड ९९ लाख ३ हजार ८२० रुपैयाँ ग्रस कमाएको थियो। त्यसपछि आइतबार र सोमबार पनि निरन्तर कमाइ हुँदै गएको छ, जसले फिल्मलाई १३ करोड क्लबमा प्रवेश गराएको हो।

यसैबीच, अन्य नेपाली फिल्महरूको कमाइ भने तुलनात्मक रूपमा कम देखिएको छ। निर्देशक दिनेश राउतको फिल्म ‘कुमारी’ ले शनिबारसम्म ६६ लाख १४ हजार ७५१ रुपैयाँ ग्रस कमाएको छ। त्यस्तै, सुदीप्ता अधिकारी निर्देशित ‘रमितको पिरती’ को कमाइ ३० लाख ७० हजार ७५३ रुपैयाँ पुगेको छ।

यसैगरी, अभिनेता राजेश हमाल अभिनित फिल्म ‘प्रवासी जीवन’ ले हालसम्म १ लाख ४४ हजार २७० रुपैयाँ ग्रस कमाएको छ।


क्याटेगोरी : मनोरञ्जन

प्रतिक्रिया


ताजा अपडेट