Techie IT
Samayabaddha
बिहीबार, २८ फागुन, २०८२

‘कुमारी’ र ‘जीवन काँडा कि फूल’ चैत ११ र १२ मा प्रदर्शन


काठमाडौं । चलचित्र विकास बोर्ड अन्तर्गतको महिला सशक्तीकरण समितिले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा आयोजना गर्ने विशेष चलचित्र प्रदर्शन कार्यक्रमको मिति परिवर्तन गरिएको छ।

पहिले फागुन २८, २९ र ३० गते आयोजना गर्ने योजना रहेको कार्यक्रम विविध कारणले अब २०८२ साल चैत ११, १२ र १३ गतेका लागि सारिएको बोर्डले जनाएको छ।

कार्यक्रमअन्तर्गत प्रदर्शनका लागि तय गरिएका कुमारी र जीवन काँडा कि फूल क्रमशः चैत ११ र १२ गते प्रदर्शन गरिनेछ।

यसअघि कार्यक्रमका लागि बोर्डसँग सम्पर्क गरिसकेका चलचित्रकर्मी तथा सरोकारवालालाई पर्न गएको असुविधाप्रति बोर्डले क्षमायाचना गरेको छ।

प्रदर्शनका लागि छनोट गरिएका यी दुवै चलचित्रले महिला सशक्तीकरण, संघर्ष र जीवनका विविध पाटो प्रस्तुत गर्ने कथावस्तु समेटेका छन्।


क्याटेगोरी : मनोरञ्जन

प्रतिक्रिया


ताजा अपडेट