Techie IT
Samayabaddha
बुधबार, १४ असोज, २०८३

इजरायली आक्रमणबाट गाजाको जबलिया शिविरमा १५ जनाको मृत्यु


उत्तरी गाजापट्टीको जबलिया शिविरमा आफ्नो घर फर्कने क्रममा प्यालेस्टाइनीहरूमाथि इजरायली आक्रमण हुँदा १५ जनाको मृत्यु भएको छ । अन्य ३० जना घाइते भएका छन् ।

प्यालेस्टिनी सुरक्षा स्रोतहरूका अनुसार इजरायली युद्धक विमानहरूले गाजामा प्यालेस्टाइनी शरणार्थीहरूको लागि जबलिया शिविरमा विस्थापित मानिसहरूमाथि लक्षित गरी आक्रमण गरेको थियो । आवासीय घरहरू र एक आश्रय केन्द्रमा पनि मिसाइलहरू प्रहार गरेका थिए ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय

प्रतिक्रिया


ताजा अपडेट