Techie IT
Samayabaddha
आईतबार, ३१ साउन, २०८३

इरानी राष्ट्रपति सवार हेलिकप्टर दुर्घटनामा परेको आशंका


इरानका राष्ट्रपति इब्राहिम रायसी सवार हेलिकप्टर दुर्घटनामा परेको आशंका गरिएको छ।

तर अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले अहिलेसम्म यसको एकिन जानकारी दिन सकेका छैनन्।

कसैले इरानी राष्ट्रपति सवार हेलिकप्टर कडा अवतरण गरेको लेखेका छन् भने कसैले सम्पर्कविहीन भएको भनेका छन्।

कतिले कडा अवतरण गरेको हेलिकप्टरमा उनी थिए वा थिएनन् भन्ने पनि प्रस्ट भइनसकेको जनाएका छन्।

बाक्लो कुहिरोका कारण उद्धार कार्यमा कठिनाइ भइरहेको छ ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय

प्रतिक्रिया


ताजा अपडेट