Techie IT
Samayabaddha
शनिबार, १९ पुस, २०८२

मुख्यमन्त्री तामाङ नेतृत्वको सिक्किम क्रान्तिकारी मोर्चाले जित्यो ३२ मा ३१ सिट


भारतको सिक्किममा मुख्यमन्त्री प्रेम सिंह तामाङ नेतृत्वको सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) ले विधान सभाका ३२ मध्ये ३१ सिटमा जित हासिल गरेको छ।

१९ अप्रिलमा यहाँ मतदान भएकोमा आइतबार परिणाम आएको हो।

सिक्किम डेमोक्रेटिक फ्रंट (एसडिएफ) ले एक सिट मात्रै जितेको भारतीय समाचार संस्था एनडिटिभीले जनाएको छ। पूर्व मुख्यमन्त्री एवं एसडिएफ प्रमुख पवन चाम्लिङ भने दुबै क्षेत्रबाट पराजित भएका छन्।

भारतीय जनता पार्टी, कंग्रेस र सिटीजन एक्सन पार्टीले खातासमेत खोल्न सकेनन्।

३२ सिट रहेको सिक्किममा बहुमतका लागि १७ सिट भए पुग्छ।

यहाँ एउटा मात्र लोक सभा क्षेत्र छ। लोक सभाको मतपरिणाम भने जुन ४ मा आउनेछ।

सिक्किममा चार लाख ६४ हजार मतदाता रहेकोमा ८० प्रतिशत मत खसेको थियो।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रेमसिंह तामाङलाई बधाईसमेत दिएका छन्।


क्याटेगोरी : अन्तर्राष्ट्रिय

प्रतिक्रिया


ताजा अपडेट