Techie IT
Samayabaddha
बुधबार, १७ वैशाख, २०८२

भारी वर्षाले दिल्लीमा चार तले भवन भत्कियो, ४ जनाको मृत्यु


नयाँ दिल्ली । भारतको नयाँ दिल्लीस्थित मुस्तफावाद क्षेत्रमा चार तले भवन भत्किँदा कम्तीमा ४ जनाको मृत्यु भएको छ । यो घटना शनिबार बिहान करिब २स्३० बजे भएको हो ।

भग्नावशेषमा अझै १० जनाभन्दा बढी फसेको आशंका गरिएको छ। राष्ट्रिय आपदा मोचन बल र दिल्ली प्रहरीको टोली घटनास्थलमा पुगेर उद्धार कार्य जारी राखेको छ।

डिभिजनल अग्नि नियन्त्रक राजेन्द्र अटवालले घटनाको पुष्टि गर्दै आफूहरूलाई बिहान करिब २स्५० बजे घर भत्किएको जानकारी प्राप्त भएको बताए। उनले भने, ‘जब हामी घटनास्थलमा पुग्यौँ, हामीले पूरै भवन भत्किएको र मानिसहरू भग्नावशेषमा फसेको पायौँ। प्रहरीसँगको सहकार्यमा उद्धार कार्य सुरु गरिएको छ।’

शुक्रबार राति दिल्लीको मौसम अचानक बदलिएको थियो। भारी वर्षा र आँधीबेहरीका कारण धेरै क्षेत्रमा क्षति पुगेको छ। यही कारणले गर्दा मुस्तफावादको भवन पनि ढलेको मानिन्छ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय

प्रतिक्रिया


ताजा अपडेट