Techie IT
Samayabaddha
बिहीबार, १८ वैशाख, २०८२

इजरायलमा ‘अहिलेसम्मकै ठुलो’ डढेलो


काठमाडौं । इजरायलको जेरुसेलमको बाहिरी भागमा रहेको जंगलमा भीषण आगलागी भएको छ । आगलागीका कारण हजारौँ मानिसहरू सुरक्षित स्थानमा सर्न बाध्य भए। आगलागीमा हालसम्म १३ जना घाइते भएका छन्। अहिलेसम्म आएको प्रारम्भिक जानकारी अनुसार कसैको मृत्युको खबर छैन।

इजरायलले आगो नियन्त्रणमा लिन अन्तर्राष्ट्रिय सहयोगको लागि अपिल गरेको छ। स्पेन, फ्रान्स, रोमानिया, क्रोएसिया र इटालीले पनि विमान पठाउन प्रतिबद्धता जनाएका छन्। इजरायलका शहीद सैनिकहरूको स्मृति दिवसमा यो ठुलो आगलागी भएको थियो।

दर्जनौँ विमान र हेलिकप्टरले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन्। सामाजिक सञ्जालमा राखिएका भिडियो र तस्बिरहरूमा जेरुसेलमदेखि तेल अभिभ जाने मुख्य रुट १ राजमार्गमा आगो लागेको देखिएको छ । वरपरका पहाडहरूमा बाक्लो धुवाँको मुस्लो उठिरहेको छ।

इजरायली मिडियाका अनुसार १६० भन्दा बढी उद्धार र अग्नि नियन्त्रक टोली आगो निभाउन संलग्न छन् । दर्जनौँ विमान र हेलिकप्टरले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् र देशको सेनाले पनि खोजी तथा उद्धार कार्यमा सहयोग गरिरहेको छ। तर तीव्र हावाका कारण कठिनाइहरू छन्।

इजरायली अग्नि नियन्त्रक सेवाहरूले हिजो साँझ एक विज्ञप्तिमा इजरायलमा लागेको आगोलाई ‘अहिलेसम्मकै ठुलो’ भनेको छ र आगो लागेको क्षेत्रका राष्ट्रिय निकुञ्ज र जंगलहरूमा मानिसहरूलाई प्रवेश गर्न निषेध गरिएको बताएको छ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय

प्रतिक्रिया


ताजा अपडेट