Techie IT
Samayabaddha
शनिबार, २० वैशाख, २०८२

अस्ट्रेलियामा आम चुनावको मतदान सुरु


सिड्नी । अस्ट्रेलियामा आम चुनावको मतदान सुरु भएको छ। यस चुनावमा अस्ट्रेलियाका वर्तमान प्रधानमन्त्री एन्थोनी अल्बानिज र विपक्षी नेता पिटर डटनबिच प्रतिस्पर्धा छ।

एन्थोनी अल्बानीज लेबर पार्टीका हुन् र सन् २०२२ देखि अस्ट्रेलियाको प्रधानमन्त्री छन्। उनी लगभग ३० वर्षदेखि सांसद छन् । सत्तामा आएपछि एन्थोनी अल्बानीजले निकै लोकप्रियता हासिल गरे, तर हालसालै आवास, आदिवासी मामिला, यहूदी विरोधीता र इस्लामोफोबिया जस्ता मुद्दाहरूमा दबाबको सामना गर्नु परेको छ।

प्रधानमन्त्री पदका लागि अर्का उम्मेदवार कन्जरभेटिभ लिबरल(नेसनल गठबन्धनका नेता पिटर डटन हुन्। विपक्षी दलको नेताको रूपमा यो उनको पहिलो चुनाव हो।

पिटर डटनले यसअघि रक्षा र गृह मामिला जस्ता प्रमुख मन्त्रालय सम्हालेका छन्, तर सामाजिक मुद्दाहरूमा उनका टिप्पणीहरू प्रायः विवादास्पद हुने गरेका छन्। यस चुनावमा सबैभन्दा ठुलो मुद्दा मुद्रास्फीति हो।

अस्ट्रेलियामा मतदाताहरूले प्रत्यक्ष रूपमा प्रधानमन्त्रीको निर्वाचन गर्दैनन्। उनीहरूले सांसदहरूलाई मतदान गर्छन् र सबैभन्दा बढी सिट पाउने दलको नेता प्रधानमन्त्री बन्छ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय

प्रतिक्रिया


ताजा अपडेट