गाजामा युद्ध सुरू भएयता १६ हजारभन्दा धेरै बालबालिकाको मृत्यु : स्वास्थ्य अधिकारी

सन् २०२३ अक्टोबर ७ मा इजरायली सैन्य आक्रमण सुरू भएयता गाजा पट्टीमा १६ हजारभन्दा धेरै बालबालिकाको मृत्यु भएको गाजाका स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।
स्वास्थ्य अधिकारीहरूका अनुसार हरेक ४० मिनेटमा एक जना बच्चाको ज्यान गइरहेको छ । ज्यान गुमाउनेमा १६ हजार दुई सय ७८ बालबालिका रहेकामा नौ सय आठ शिशु र तीन सय ११ नवजात शिशुले जन्मेपछि ज्यान गुमाएका गाजाका स्वास्थ्य अधिकारीहरूका फिल्ड अस्पतालका निर्देशक मारवान अल–हाम्सलाई उद्धृत गर्दै चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।
आवश्यक स्वास्थ्य सेवामा बाधा पुर्याउँदै इजरायलले मार्चको शुरूमा क्रसिङहरू बन्द गरेपछि मानवीय अवस्था निकै बिग्रिएको खबरमा उल्लेख छ । यसले हजारौं बालबालिका र गर्भवतीलाई चिकित्सा सेवाको पहुँचबाट वञ्चित पार्दा सङ्कटलाई अझ बढाएको छ ।
प्यालेस्टिनी विद्रोही समूह हमाससँगको जनवरीको युद्धविराम सम्झौताको पहिलो चरण समाप्त भएपछि इजरायलले मार्च २ मा गाजामा सामान र आपूर्तिको प्रवेश रोकेको थियो ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय
प्रतिक्रिया