Techie IT
Samayabaddha
मंगलबार, २३ वैशाख, २०८२

भारत र पाकिस्तानबीच युद्धको खतरा बढ्दो, बुधबार भारतमा देशव्यापी युद्ध अभ्यास गरिदैँ


भारत र पाकिस्तानबीच युद्ध हुन सक्ने हल्लाहरुका बीचमा भारतले बुधबार आफ्ना नागरिकहरुलाई युद्धको पूर्वाभ्यास (मक ड्रिल) गर्न निर्देशन दिएको छ ।

एक जना नेपालीसहित २६ जनाको ज्यान जानेगरी कस्मिरको पहलगाममा भएको हमलापछि भारत र पाकिस्तानबीच लगातार बढिरहेको तनावका बीच भारतले नागरिकहरुलाई समेत युद्धको पूर्वाभ्यास गराउनुले छिटै नै दुई देशबीच युद्धको घोषणा हुन सक्ने अडकलबाजीलाई बल पुर्याएको छ ।

भारतीय संचारमाध्यमहरुका अनुसार भारत सरकारले सम्भावित युद्धबाट धेरै प्रभावित हुन सक्ने देशभरका २४४ सूचीबद्ध जिल्लामा नागरिकहरुलाई युद्धको रिहर्सल गर्न आदेश दिएको छ ।

पूर्वाभ्यासको क्रममा कुनै वाह्रय हमला, घटना या आगजनीजस्तो आपतकालीन स्थितिमा के गर्ने भनेर नागरिकहरुलाई अभ्यास गराइन्छ । हवाई आक्रमण भयो भने के गर्ने, लामो समय विद्युत आपूर्ति बन्द भयो भने के गर्ने, सडकबाट आक्रमण भयो भने के गर्ने जस्ता युद्ध कौसलका कुराहरु सिकाइन्छ ।

स्मरणरहोस पहलगाम हमलापछि भारतले पाकिस्तानविरुद्ध कैयौँ निर्णयहरु गरेको छ । जस्तो कि सिन्धु सम्झौता निलम्बन गर्नुका साथै भारतले पाकिस्तानबाट सबै किसिमको आयातमाथि पूर्ण रूपमा रोक लगाएको छ ।

त्यस्तै पाकिस्तानका पानी जहाजहरूलाई भारतका बन्दरगाहमा प्रवेश गर्न रोक लगाइएको छ । उता पाकिस्तानले पनि भारतविरुद्ध कैयौँ कदम उठाएको छ ।

पाकिस्तानले भारतको स्वामित्व भएको वा उसका तर्फबाट सञ्चालित सबै विमान सेवालाई आफ्नो हवाई क्षेत्रमा प्रवेश निषेध गरिदिएको छ । त्यस्तै वाघा सीमा पनि बन्द गरिएको छ ।

पाकिस्तानले सिख तीर्थयात्रीबाहेक सार्क भिसा छुट कार्यक्रमअन्तर्गतका सबै भारतीय नागरिकलाई दिइएको भिसा निलम्बन गरेको छ ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय

प्रतिक्रिया


ताजा अपडेट