भारत र पाकिस्तानबीच ‘पूर्ण र तत्काल युद्धविराम’ मा सहमति भएको ट्रम्पको दाबी

एजेन्सी, २७ वैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण एसियाका दुई परम्परागत प्रतिद्वन्द्वी भारत र पाकिस्तानबीच ‘पूर्ण र तत्काल युद्धविराम’ मा सहमति भएको सनसनीपूर्ण दाबी गरेका छन् । आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोशलमा पोस्ट गर्दै ट्रम्पले यो सहमति अमेरिकाको मध्यस्थतामा रातभर चलेको गहन वार्ताको परिणाम भएको उनले बताए ।
‘लामो रातको वार्तापछि, मलाई यो घोषणा गर्न खुसी लागेको छ कि भारत र पाकिस्तानले पूर्ण र तत्काल युद्धविराममा सहमति जनाएका छन्,’ ट्रम्पले आफ्नो पोस्टमा लेखेका छन् । ‘यो सामान्य बुद्धि र उत्कृष्ट बुद्धिमत्ताको प्रदर्शन हो । दुवै देशलाई यो महत्त्वपूर्ण कदमका लागि बधाई ! यो विषयमा ध्यान दिएकोमा धन्यवाद !’
यो घोषणा यस्तो समयमा आएको छ, जब भारत र पाकिस्तानबीच सीमा क्षेत्रमा तनाव र आरोप(प्रत्यारोपको शृङ्खला चलिरहेको छ । विगतमा यी दुई देशबीच काश्मिर मुद्दालगायत विभिन्न विषयमा तनाव र सैन्य झडपहरू भएका छन्, जसले दक्षिण एसियाको शान्ति र स्थायित्वमा बारम्बार प्रश्न उठाउँदै आएको छ ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय
प्रतिक्रिया