उरुग्वेको पूर्वराष्ट्रपति होसे मुहिकाको निधन

काठमाडौं, ३१ वैशाख । विश्वकै गरिब राष्ट्रपतिको उपनाम पाएका उरुग्वेको पूर्वराष्ट्रपति होसे मुहिकाको निधन भएको छ । ८९ वर्षको उमेमा उनको निधन भएको नेशलन पब्लिक रोडियो अनलाइनले जनाएको छ ।
एक पूर्वमाक्र्सवादी गुरिल्ला लडाकु मुहिका जसले हातहतियार छोडेर उरुग्वेको राष्ट्रपति निर्वाचित भई राष्ट्रिय मेलमिलापको प्रतीक बनेका थिए । उनको सरल जीवनशैलीले उनलाई विश्वकै गरिब राष्ट्रपतिको उपनाम दिलाएको थियो ।
उरुग्वेका राष्ट्रपति यामान्दु ओर्सीले मुहिकाको निधन भएको बताए । “म अत्यन्त दुःखका साथ हाम्रो साथी मुहिकाको निधन भएको जानकारी गराउँछु । राष्ट्रपति, अभियन्ता, नेता र मार्गदर्शक हुनुहुन्थ्यो,” उनले भने, “हामी तपाईंलाई अत्यन्तै सम्झनेछौँ । जनताप्रतिको तपाईंको गहिरो प्रेमका लागि धन्यवाद,” ओर्सीले सामाजिक सञ्जालमा पोष्ट गर्दै भने ।
मुहिकाले गत जनवरीमा आफूलाई घाँटी ९इसोफेगस०क्यान्सर भएको र त्यो क्यान्सर कलेजोमा फैलिएको बताउँदै थप उपचार नगर्ने बताएका थिए ।
मुहिका सन् २०१० देखि २०१५ सम्म उरुग्वेका राष्ट्रपति थिए । उनी यो शताब्दीको सुरुआतमा अर्जेन्टिना, ब्राजिल, चिलीलगायत ल्याटिन अमेरिकाका अन्य देशहरूमा गुलाबी लहर भनेर चिनिने सत्तामा पुगेका बामपन्थी नेताहरूको लहरका प्रमुख व्यक्तित्वमध्ये एक थिए ।
आफ्नो कार्यकालमा उनले तीस लाखभन्दा बढी जनसंख्या भएको सानो दक्षिण अमेरिकी मुलुक उरुग्वेमा कुनै भ्रष्टाचार स्क्यान्डलमा नमुछिकन आर्थिक वृद्धिलाई नेतृत्व गरेका थिए । वैदेशिक लगानीमा वृद्धि गराउँदै र गरिबी न्यूनीकरण गर्न सफल भएका थिए ।
उनका प्रगतिशील नीतिहरूमा गर्भपतन, गाँजा र समलैंगिक विवाहलाई वैधता दिने तथा अफगानिस्तानका युद्ध शरणार्थीहरूलाई पुनःस्थापित गर्ने कार्यक्रमहरू समावेश थिए । एनपीआर
क्याटेगोरी : अन्तर्राष्ट्रिय
प्रतिक्रिया