Techie IT
Samayabaddha
सोमबार, ५ जेठ, २०८२

अमेरिकी पूर्वराष्ट्रपति जो बाइडेनलाई प्रोस्टेट क्यान्सर


एजेन्सी, ५ जेठ । अमेरिकी पूर्वराष्ट्रपति जो बाइडेनलाई प्रोस्टेट क्यान्सर भएको छ । ८२ वर्षीय बाइडेनलाई क्यान्सर प्रमाणित भएको उनको सचिवालयले जनाएको छ । प्रोस्टेट क्यान्सर उनको हड्डीसम्म फैलिसकेको बताइन्छ ।

तीन दिन अघिको परीक्षणमा उनलाई क्यान्सर पुष्टि भएको हो । तीव्र रुपमा फैलिएको क्यान्सरको खबरपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले दुःख व्यक्त गर्दै सामाजिक सञ्जालबाट स्वास्थ्यलाभको कामना गरेका छन् ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय, स्वास्थ्य

प्रतिक्रिया


ताजा अपडेट