भारतमा आज बजेट प्रस्तुत हुँदै , लगातार नवौं पटक बजेट पेश गर्दै वित्तमन्त्री निर्मला सितारमण
काठमाडौं । भारतमा आज नयाँ आर्थिक वर्ष २०२६/२७ को बजेट घोषणा हुँदैछ । भारतीय वित्तमन्त्री निर्मला सीतारमणले लगातार नवौं बजेट प्रस्तुत गर्न लागेकी हुन् । सन् २०१९ मा पहिलोपटक प्रस्तुत गरेकी सीतामरणले त्यसयता लगातार बजेट प्रस्तुत गर्दै आएकी छिन् ।
गत वर्ष सीतारमणले ५० लाख ६५ हजार ३४५ करोड भारतीय रुपियाँबराबरको बजेट घोषणा गरेकी थिइन्। त्यसमा कुल पूँजीगत खर्च ११ लाख २१ हजार ९० करोड र चालू खर्च ३९ लाख ४५ हजार करोड रहेको थियो । यस पटक त्यो भन्दा पनि ठूलो र वृहतरुपमा बजेट ल्याउन लागिएको भारतिय संचारमाध्यमहरुले उल्लेख गरेका छन् ।
भारतीय संचारमाध्यमहरुका अनुसार आजको बजेटले भारतको आर्थिक दिशालाई निर्देशित गर्दै विभिन्न क्षेत्रहरूमा सुधार र विकासका लागि मार्ग प्रशस्त गर्ने विश्वास गरिएको छ। आर्थिक सर्वेक्षण २०२६ अनुसार, भारतको अर्थव्यवस्था आर्थिक वर्ष २०२७मा ६.८ प्रतिशत देखि ७.२ प्रतिशत सम्म बढ्ने अनुमान गरिएको छ, जसमा ७ प्रतिशत को औसत वृद्धिदर सम्भावित छ।
क्याटेगोरी :
अन्तर्राष्ट्रिय


















प्रतिक्रिया