Techie IT
Samayabaddha
बुधबार, २७ फागुन, २०८२

खाडी राष्ट्रहरूलाई ड्रोन खसाल्ने अनुभव बाँड्ने भ्लोदोमिर जेलेन्स्कीको घोषणा


काठमाडौं । युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले इरानी ड्रोन आक्रमणको सामना गरिरहेका खाडी राष्ट्रहरूलाई सहयोग गर्न आफ्ना सैन्य विज्ञहरू त्यसतर्फ प्रस्थान गरेको जानकारी दिएका छन् । ती विज्ञहरुले खाडी राष्ट्रहरूलाई ड्रोन खसाल्ने अनुभव बाँड्ने जेलेन्स्कीको भनाइ छ ।

सामाजिक सञ्जाल एक्समार्फत सन्देश जारी गर्दै जेलेन्स्कीले युक्रेनसँग ‘अट्याक ड्रोन’हरूलाई विफल पार्ने विश्वकै उत्कृष्ट अनुभव रहेको दाबी गरे ।

युक्रेनको अनुभवविना मध्यपूर्व, युरोप र अमेरिकाका लागि पनि बलियो सुरक्षा प्रणाली निर्माण गर्न कठिन हुनेछ ।

विगत चार वर्षदेखि रुसी ड्रोनहरूको सामना गरिरहेको युक्रेनले यस संकटको घडीमा खाडी मुलुकहरूलाई प्राविधिक सहयोग गर्ने इच्छा व्यक्त गरेको छ । यद्यपि, जेलेन्स्कीले यो सहयोग पारस्परिक हुनुपर्ने सर्त राखेका छन् ।

अमेरिका र इजरायलले इरानमा फेब्रुअरी अन्तिम साता संयुक्त आक्रमण गरेका थिए । सो आक्रमणबाट इरानका सर्वोच्च नेता खली खामेनी लगायतका नेताहरु मरिएका थिए । त्यसयता इरानले इजरायल र खाडी मुलुकहरुमा रहेका अमेरिकी सैन्य बेस क्याम्पलाई लक्षित गरी हमला गर्दै आएको छ ।

इरानले छिमेकी राष्ट्रहरूमाथि जवाफी हमला सुरु गरेयता जेलेन्स्कीले निरन्तर रूपमा आफ्नो सैन्य सीप र अनुभवलाई कूटनीतिक बार्गेनिङका रूपमा प्रयोग गरिरहेको टिप्पणी हुँदै आएको छ ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय


प्रतिक्रिया


ताजा अपडेट