इराकको बगदादस्थित अमेरिकी दूतावासमा ड्रोन र रकेट आक्रमण
काठमाडौं । इराकको बगदादमा अवस्थित अमेरिकी दूतावासमा ड्रोन र रकेटबाट आक्रमण भएको छ । अमेरिकी दूतावासमा कयौं ड्रोन र रकेटबाट आक्रमण गरिएको हो ।
पछिल्ला केही दिनदेखि भइरहेका आक्रमणमध्ये पछिल्लो आक्रमण सबैभन्दा भीषण आक्रमण भएको जनाइएको छ ।
इरानसँग जोडिएका आतंकवादी मिलिशियाले पटक–पटक मध्य बगदादको इन्टरनेशनल जोनमा आक्रमण गरिसकेका छन् । आक्रमणभन्दा झण्डै छ घण्टा अघि दूतावासले इराकमा रहेका अमेरिकी नागरिकहरूका लागि सुरक्षा अलर्ट जारी गरेको थियो ।
आक्रमणबाट भएको क्षतिबारे केही खुलाइएको छैन । यसअघि गत साता पनि बगदादस्थित अमेरिकी दूतावासमा आक्रमण भएको थियो ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय


















प्रतिक्रिया