Techie IT
Samayabaddha
मंगलबार, ६ जेठ, २०८२

‘समयबद्ध साप्ताहिक’ १८औं वर्षमा


समयबद्ध डटकमको सहप्रकाशन सयमबद्ध साप्ताहिक १८ औँ वर्षमा प्रवेश गरेको छ । आजको आईसीटीको युगमा साना लगानीमा सञ्चालित पत्रपत्रिका (छापा माध्यम) धमाधम बन्द भएको अवस्थामा समयबद्ध साप्ताहिक बिगत १७ वर्षदेखि अनवरत रुपमा प्रकाशित हुँदै आएको छ । मिडियाको भिडमा आफ्नो छुट्टै पहिचान बनाउन सफल समयबद्ध सप्ताहिकले मूलतः जनपक्षीय पत्रकारितामार्फत राज्यको ‘चौथो अंग’को भूमिका निर्वाह गर्दे, पत्रकारिताका मूल्य, मान्यता र आचारसंहिताको पालना गर्दै सरकार र जनताबीच सेतूको काम गरिरहको छ ।

देश र जनताले बिभिन्न शासन व्यवस्था व्यहोर्दै आए । अहिले देशको शासकीय स्वरुप संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक प्रणालीमा छ । देशमा यो व्यवस्था ल्याउन र जनतालाई अधिकार सम्पन्न बनाउन राजीनित दल, नागरिक समाज, बिभिन्न पेशा व्यवसायीले जति योगदान दिए, पत्रकारिता क्षेत्रले पनि उत्तिकै योगदान दिएको छ । हामी पनि यी उपलब्धिको हिस्सा हौँ ।

अहिले देशको शासकीय स्वरुप संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक प्रणालीमा छ । देशमा यो व्यवस्था ल्याउन र जनतालाई अधिकार सम्पन्न बनाउन राजीनित दल, नागरिक समाज, बिभिन्न पेशा व्यवसायीले जति योगदान दिए, पत्रकारिता क्षेत्रले पनि उत्तिकै योगदान दिएको छ । हामी पनि यी उपलब्धिको हिस्सा हौँ ।

संविधानमा ‘पूर्ण प्रेस स्वतन्त्रा’ लेखिएको भएतापनि अझै त्यसको प्रत्याभूत हुन नेपाली प्रेस सकिरहेको छैन । यसर्थ समयबद्ध साप्ताहिक संविधानको पूर्ण पालना गर्दै देशमा भइरहेका बिकृति, बिसंगती, भ्रष्टाचार, अनियमितता र लोकतान्त्रिक गणतन्त्रबिरुद्ध भइरहेका केही राजनीतिक दलका गतिबिधिबिरुद्ध कलमका मध्यबाट सतिशाल झैँ उभिने प्रँण गर्दछ । देशभित्रै रोजगारीको सिर्जना, आर्थिक तथा भौतिक विकास, शिक्षा, स्वास्थ्य आदिमा नागरिकमाथि विभेद नहोस् भन्नका खातिर हामी सधैँ जागा रहने प्रतिबद्धता व्यक्त गर्दछौंँ ।

अहिले नेपाली बिज्ञापन बजार निकै सुस्ताएको छ । सूचनामूलक बिज्ञापनको बितरण प्रणाली बैज्ञानिक तरिकाले हुन नस्क्दा त्यसको असर साना लगानीका छापा माध्यममा परेको छ । यसले गर्दा दिनानुदिन छापा सञ्चार माध्यम बन्द हुने अवस्थामा पुगिरहेका छन् । यसलाई व्यवस्थित गर्दै पत्रकारहरुलाई पत्रकारिता गरेरै बाँच्न पाउँने अवस्थाको सिर्जना राज्यले गर्नु जरुरी भइसकेको छ ।

पत्रकारिता मार्फत शिक्षा, चेतना, सूचना, जागरण, मनोरञ्जन आदिको हाम्रो यस यात्रामा सहयोग गर्नुभएका सम्पूर्ण बिज्ञापनदाता, बितरक, समाचारदाता, श्रमजीवि पत्रकार, कर्मचारी, लेखक, सुभेच्छुक, पूर्वसहकर्मीहरु सबैमा हार्दिक धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि उत्तिकै मायाँ, सद्भाव र प्रेरणाको अपेक्षा राख्दछौँ । हाम्रा कमी, कमजोरीहरु औँल्याइदिने सचेत पाठक वर्गमा सादुवाद !


क्याटेगोरी : साहित्य

प्रतिक्रिया


ताजा अपडेट