तनहुँमा घाँस काट्ने क्रममा भीरबाट लडेर दुई महिलाको मृत्यु

तनहुँ, ६ जेठ । तनहुँमा घाँस काट्ने क्रममा भीरबाट लडेर दुई महिलाको मृत्यु भएको छ । ऋषिङ गाउँपालिका–३ सोलुङ स्थित कटोर्के सामुदायिक वनको भीरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
ऋषिङ गाउँपालिका ३ बस्ने वर्ष ६२ की श्रीमाया राना र देवघाट गाउँपालिका २ बस्ने वर्ष २६ की खिमसरा मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक अशोक थापाले जानकारी दिए।
सोमबार बिहान घाँस काट्न गएका दुवै जना अबरे सम्म पनि नफकिए पछि स्थानीय बासिन्दा खोज्ने क्रममा घाँस काटेको स्थान देखी करिब १०० मिटर तल खसेर मृत अवस्थामा फेला परेको उहाँले जानकारी दिए । घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : पालिका
प्रतिक्रिया