Techie IT
Samayabaddha
मंगलबार, ५ फागुन, २०८२

गोसाइँकुण्डमा लेक लागेर २४ वर्षीय युवकको मृत्यु


रसुवाको गोसाईँ लेक लागेर सिन्धुपाल्चोकका २४ वर्षीय युवकको मृत्यु भएको छ।

गोसाईँकुण्ड गाउँपालिका–४ लाङटाङ क्षेत्रमा पर्ने ५६ सय मिटरको उचारमा ट्रेकिङ गएका सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–६ का २४ वर्षीय विजय तामाङको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार सिन्धुपाल्चोकको हेलम्बु हुँदै लाङटाङको क्यान्जिङ उपत्यकको पदमार्ग अबलोकन गर्दै ५६ सय मिटरको उचाईमा पुगेपछि उनी लेक लागेर बिरामी परेका थिए।

उनको घटनास्थलमै मृत्यु भएको हो। शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगंज फरेन्सिक मेडिसिन विभागमा पठाइएको रुसुवा प्रहरीले जनाएको छ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट