Techie IT
Samayabaddha
बुधबार, १९ कात्तिक, २०८२

नेपाल पूर्वाधार सम्मेलन आजदेखि काठमाडौंमा शुरु


काठमाडौं । भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल उद्योग परिसंघको आयोजनामा नेपाल पूर्वाधार सम्मेलन आजदेखि शुरु भएको छ । काठमाडौंमा शुरु भएको सम्मेलनमा नेपालसहित विश्वका केही प्रतिष्ठित कम्पनीका प्रमुख, विज्ञ र सरोकारवाला सहभागि छन् । सम्मेलनको पहिलो सत्र ‘दिगो विकास’ का वक्ताले अब हरित पूर्वाधारमा जोड दिनुपर्ने बताएका छन् ।

दक्षिण कोरियाको बान की मुन फाउण्डेशन फर अ बेटर फ्युचरका बोर्ड सदस्य डाक्टर रेकोन चङ, मलेसिया मिन कन्सल्टका सिईओ डाक्टर डेनिस गनेन्द्र, क्लाइमेट चेञ्ज सेन्टर नेसनल रिसर्च काउन्सिल अफ थाइल्याण्डका सल्लाहकार रोबर्ट डोबियास र क्लाइमेट चेञ्ज एण्ड को–एक्सिस्टिङ वल्र्डवाइडका अध्यक्ष अरूप राजौरियाले दिगो विकासका सम्बन्धमा आफ्ना सुझाव प्रस्तुत गरेका छन् ।

नेपालमा पूर्वाधारको विकास धेरै नभइसकेको र यसमा लगानी गर्दा कंक्रिट पूर्वाधार नभई प्रकृतिसँग जोडेर हरित विकास गर्न उनीहरुले सुझाव दिएका छन् । पूर्वाधार विकास गर्दा प्रकृतिलाई असर नगर्ने, न्यून कार्बन कच्चा पदार्थहरु प्रयोग गर्नुपर्ने, निजी सार्वजनिक यातायातका पूर्वाधारमा जान जरुरी भएको वक्ताहरुले बताएका छन् ।

आजै भएको अर्को सत्रमा भौतिक पूर्वाधार मन्त्री देवेन्द्र दाहाल, भारतका लागि नेपालका पूर्वराजदूत तथा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा। शंकर शर्मा, विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, नेपाल फ्रेट फरवार्डर्स एशोसिएशनका पूर्वअध्यक्ष राजन शर्मा, एसियाली विकास बैंकको भारतका आवासीय मिसनका वरिष्ठ कार्यक्रम अधिकृत सौम्य चट्टोपाध्याय, मलेसियाको एयर एसिया ग्रुपका प्रमुख कार्यकारी अधिकृत बो लिंगम लगायतले अन्तरदेशीय पूर्वाधार आवद्धताको विषयमा छलफल गर्नुभएको छ । विभिन्न सत्रमा छलफल गर्दै सम्मेलन भोलि सकिनेछ ।

 


क्याटेगोरी : अर्थ, समाचार

प्रतिक्रिया


ताजा अपडेट