Techie IT
Samayabaddha
शुक्रबार, २८ कात्तिक, २०८२

रामेछापको गोकुलगङ्गा गाउँपालिका–६ सिमलडाँडामा गाडी दुर्घटना, वडा अध्यक्षसहित पाँच जनाको ज्यान गयो


रामेछाप, १४ मङ्सिर । रामेछापको गोकुलगंगा गाउँपालिका–६ फर्पुमा फोर्स गाडी दुर्घटना हुँदा वडा अध्यक्षसहित पाँच जनाको मृत्यु भएको छ। शुक्रबार दिउँसो भएको दुर्घटनामा परी एक बालकसहित तीन जना घाइते भएका छन्।

काठमाडौँबाट गोकुलगंगा गाउँपालिका वडा नम्बर ३ रस्नालु जाँदै गरेको त्रिवेणी यातायातको ना १ ज ७१२३ नम्बरको फोर्स गाडी दुर्घटना भएको हो।

दुर्घटनामा परेर गोकुलगंगा गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष रामचन्द्र बस्नेतसहित ५ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख डिएसपी प्रदीपकुमार सिंहले जानकारी दिनुभयो।

उहाँका अनुसार दुर्घटनामा मृत्यु हुनेमा बस चालक हिराबहादुर कार्कीसमेत हुनुहुन्छ। अन्य मृतकको पहिचान खुलेको छैन।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट