Techie IT
Samayabaddha
आईतबार, ३० कात्तिक, २०८२

रवि लामिछानेको बयान सोमबार पनि हुने


काठमाडौं, १६ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बयान आजका लागि सकिएको छ।

आइतबार सरकारी वकिल कार्यालयमा बिहान साढे १० बजेदेखि बयान लिइएको थियो। उनको बयान नसकिएकाले सोमबार पुनः बयान हुने भएको हो।

लामिछानेसँग गत शुक्रबार पनि बयान लिइएको थियो। कालिमाटीको स्वर्णलक्ष्मी सहकारीको बचत रकम अपलचनको केसमा उनीमाथि प्रहरीले अनुसन्धान अघि बढाएको हो।

जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी जारी भएपछि लामिछानेलाई कास्कीबाट काठमाडौं ल्याइएको थियो। काठमाडौंमा बयान सकिएसँगै उनलाई फेरि कास्की लगिनेछ। त्यसपछि चितवन लैजाने प्रहरीको तयारी छ।

सहकारी ठगी र संगठित अपराध कसुरमा गत कात्तिक २ गते लामिछाने पक्राउ परेका थिए।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट