Techie IT
Samayabaddha
मंगलबार, १८ कात्तिक, २०८२

बाँके जिल्ला अदालतले जन्मकैद सजाय तोकेका धनबहादुर थारु १४ वर्षपछि यसरी समातिए…


नेपालगन्ज, माघ ८ गते। बाँके जिल्ला अदालतले जन्मकैद सजाय तोकेका एकजना फरार प्रतिवादीलाई इलाका प्रहरी कार्यालय कोहलपुरले १४ वर्षपछि पक्राउ गरेको छ।

अदालतले सजाय तोके पनि १४ वर्ष ६ महिनादेखि फरार रहेका साबिक महादेवपुरी–५ तथा हालको राप्तिसोनारी गाउँपालिका वडा नम्बर ९ बस्ने ३० वर्षीय धनबहादुर थारुलाई ईलाका प्रहरी कार्यालय कोहलपुरले पक्राउ गरेको हो।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी थारुलाई १४ वर्ष ६ महिनापछि पक्राउ गर्न सफलता मिलेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ।

थारुलाई बाँके जिल्ला अदालतको २०७३ पुस १८ गतेको फैसलाले कर्तव्य ज्यान मुद्दामा सर्वस्व सहित जन्मकैद सजाय तोकेको थियो। उनी १४ वर्ष ६ महिनासम्म फरार रहेका थिए।

पछिल्लो समयमा आएर जिल्ला प्रहरी कार्यालय बाँकेले फरार प्रतिवादीलाई पक्राउ गर्ने अभियान नै सञ्चालन गरेको छ। सोही कारणले गत पुसको महिनामा मात्र जिल्ला प्रहरी कार्यालय बाँकेले ६५ जना फरार प्रतिवादीलाई पक्राउ गर्न सफल भएको थियो।

अझै पनि धेरै जना फरार रहेकोले उनीहरुको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी तुलबहादुर कार्कीले बताए ।


क्याटेगोरी : जनमञ्च, समाचार

प्रतिक्रिया


ताजा अपडेट